बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बुधबार, जेष्ठ ३ २०८०

काठमाडौं – सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईस्थित सडकमा स.१ त ७८७० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राजेश साहको छोरा २ वर्षीय रीति साहको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको आर.के मेडिसिटि मुसहर्निया धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–४ नुनिया टोलस्थित सडकमा को. १० प ९५६३ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार ईनरुवा नगरपालिका–९ बबिया बस्ने ३८ वर्षीया गिता देवी मेहताको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका–२ बखुरस्थित सडकमा रा. १ त २४१० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४२ वर्षीय भोम बहादुर घर्ती मगरको मंगलबार राति मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र नुवागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।