शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

संसदमा एमालेको आपक्ति : नक्कली भुटानी शरणार्थी प्रकरणका बारे सदनलाई जानकारी गराउन माग

सोमबार, जेष्ठ १ २०८०

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा सदनलाई जानकारी नगराएकोमा आपत्ति जनाएका छन् ।

सो प्रकरणमा मुछिएकाकालाई पक्राउ गरे पछि अनुसन्धान के कस्तो अवस्थामा पुगेको छ ? भन्ने बारेमा यसअघि संसदले गरेको रुलिङ पनि सरकारले नमानेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नक्कली शरणार्थी प्रकरणमा संसदले यसअघि नै संसदलाई जानकारी गराउनका लागि रुलिङ गरेको थियो तर आजको कार्यसुची हेर्दा सो प्रकरणमा भएका काम कारबाहीका बारेमा संसदलाई जानकारी गराउने कार्य सुचीमा देखिएन, यस्तो जघन्य अपराधका बारेमा किन जानकारी दिईएको छैन,’ ठाकुरले भने, ‘सरकारले यसवारेमा सदनलाई जानकारी दिनुपर्छ अनि मात्र सदनको कारबाही सहज रुपमा अघि बढछ,’ उनले भने ।

उनका अनुसार सो बारेमा सरकारलाई पुनः ध्यानाकर्षण गराउनका लागि सभामुखले चासो दिनु पर्ने भन्दै सदनको रुलिङ अनुसार संसदमा जानकारी दिनु पर्ने उनको भनाई छ ।