शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमालेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको हो : महेश बस्नेत

सोमबार, जेष्ठ १ २०८०

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेशमा सचिव टोपबहादुर रायमाझी प्रहरी सामु पुगेको बताएका छन् ।

शनिवार साँझ बुढानिलकण्ठस्थित आफन्तको घरबाट पक्राउ परेका रायमाझीलाई गिरफ्तार दिन आदेश गरे बमोजिम उनी पक्राउ परेको बस्नेतको दावी छ ।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरी सामु पुग्नु भएको छ,’ बस्नेतले भनेका छन, ‘नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पुर्ण अपराधिहरुलाई कार्बाहिको दायरामा ल्याउन अनुरोध छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका  रायमाझी बुढानिलकण्ठको पासिकोटबाट पक्राउ परेका थिए ।

स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्‍याइएको थियो। उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।