शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्य सूची

सोमबार, जेष्ठ १ २०८०

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौ बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषाेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए ।

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।