काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेता बिचमा छलफल जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे हाे ।
सरकारका नीति तथा कार्यक्रम, जेठ १५ गते आउने बजेटसहित नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छलफल हुने बुझिएको छ।
यस विषयमा प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।
यसअघि पनि पटक पटक यी तीन नेताहरूबीच भेटवार्ता भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेका छन् भने एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् ।