काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।
आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।
एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत आज दोस्रो दिन समूहगत छलफल तय गरिएको छ । आजको बैठकमा अध्यक्ष केपी ओलीद्वारा बिहीबार प्रस्तुत राजनीनित प्रतिवेदनमाथि ८ समूहमा छलफल हुनेछ ।
त्यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षा बाँकी प्रदेशको पेश भएपछि समूहगत छलफल हुने प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।