बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रमुख कार्यकारी पराजुली कै कारण धरासायी बन्दै नेपाल लाईफ इन्स्योरेन्स

कुनै समय १२० प्रतिशतसम्म लाभाँश दिने हैसियत बनाएकोमा अहिले २० प्रतिशत पनि दिन नसक्ने

बुधबार, बैशाख २७ २०८०

काठमाडौं – कुनै पनि कम्पनीमा व्यवस्थापन प्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारी भुलेर चर्चा परिचर्चामा मात्र रमाए भने त्यो प्रमुख कार्यकारीले नेतृत्व गरेको कम्पनीको हालत के होला ? पछिल्लो समय यसको गतिलो उदाहरण बनेको छ, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी हो । तत्कालीन समयमा यो कम्पनीमा बिवेक झा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । झा आफ्नो कार्यकाल सकाएर कम्पनीबाट बिदा भए । झाको कार्यकालमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीमा कम्पनीहरु मध्ये उत्कृष्ट  कम्पनीको रुपमा रहेको थियो । त्यतिबेला यो कम्पनीले एक सय २० प्रतिशतसम्म लाभाँश वितरण गर्न सक्ने हैसियत बनाएको थियो । कम्पनीलाई त्यो उचाईमा पुर्याएर उक्त कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत झा कम्पनीबाट बिदा भए ।

अहिले पनि कम्पनी त्यही हो, लगानीकर्ताहरु शेयरधनीहरु तिनै हुन । तर यसको व्यवस्थापन प्रमुख अर्थात प्रमुख कार्यकारी अधिकृत सेलिबे्रटी सिईओ मात्र बन्न खोज्दा कम्पनीका हजारौं सेयरलगानीकर्ताहरुको हात खाली हुने भएको छ । कुनै बेला त्यही हातले एक सय २० प्रतिशतसम्म लाभाँश बुझेका शेयरलगानीकर्ताहरु कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको रबैयाका कारण हैरान बनेका छन् । लाखौं लगानी गरेर पनि हात खाली राख्नु पर्ने अवस्थामा पुगेका छन् । कम्पनीलाई तत्कालीन प्रमुख कार्यकारी झाले पुर्याएको त्यो उचाईबाट यहाँसम्म गिराउनुमा अरु कोही नभएर कम्पनीका हालका प्रमुख कार्यकारी पराजुली नैं जिम्वेवार रहेका छन् । सिईओ पराजुलीका पछिल्ला ब्यबहारले संचालक समिति समेत रुष्ट बनेका छन्  । सस्थाका अधक्ष्य गोविन्द संघाइको चाप्लुसीले मात्र जागिर टिकिरहेका पराजुली समग्र बिमा छेत्रमा कमजोर ब्वबस्थापक ट्याग लागेका व्यक्ति हुन् । उनि संघाईको सूचना एजेन्ट को रुपमा बिमा प्राधिकरणलाई समेत बर्खिलाप गरिरहेका छन् ।

कम्पनीलाई राम्रो बनाउनु भन्दा पनि स्वार्थ बाझिएका केही सञ्चालकहरु जसले आफुलाई थमौती दिएका छन् तिनै सञ्चालकको चाकडी गर्न र तिनै सञ्चालकहरुलाई खुसी पार्नु बाहेका प्रमुख कार्यकारी पराजुलीको अर्को कुनै उदेश्य र काम छैन । यही कारण पनि अहिले कम्पनी २० प्रतिशत पनि लाभाँश बाँढ्न नसक्ने अवस्थामा पुगेको हो । प्रमुख कार्यकारी पराजुलीको यही रबैया कायम रहने हो भने कम्पनी निकै नै कमजोर बन्दै भन्दै केही लगानीकर्ताहरु प्रमुख कार्यकारी पराजुलीको बिरोधमा खुल्न थालेका छन् । उनीहरुले जसरी पनि पराजुलीलाई हटाएर नयाँ प्रमुख कार्यकारी राख्नु पर्ने बताउँदै आएका छन् । यसो हुन सकेको खण्डमा मात्र कम्पनी राम्रो हुन्छ, कम्पनी पुरानै अवस्थामा फर्किन सक्छ, ति लगानीकर्ताहरुले भन्ने गरेका छन् । कम्पनीले यही बैशाख २१ गतेमात्र आफ्नो २३ बर्षमा प्रवेश गरेको भन्दै कार्यक्रम आयोजना गर्यो । त्यो कार्यक्रममा पनि धेरैजसो लगानीकर्ताहरुले प्रमुख कार्यकारी अधिकृत पराजुलीको बिरोध गरे ।

कम्पनीले २०७९ चैत मसान्त सम्ममा एक खर्ब ६२ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमाकोष करिब एक खर्ब ५८ अर्ब रुपैयाँले सञ्चितमा छ । इन्स्योरेन्सले देशभर फैलिएका आफ्ना एक सय ९२ कार्यालयमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यदि कम्पनीलाई अब पनि प्रमुख कार्यकारी पराजुली कै हातमा दिईराख्ने हो भने कम्पनी धरासाही हुने निश्चित भएको र लाखौ लगानीकर्ताहरु डुब्ने भन्दै सेयरधनीहरुले चिन्ता व्यक्त गरेका छन् ।