बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सिटिजन्स बैंक र अन्नपुर्ण केवल कार प्रालिबिच सम्झौंता

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपुर्ण केवल कार प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अन्नपुर्ण केवल कारमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरा स्थित सिटिजन्स बैंकका शाखाहरुमा नयाँ खाता खोल्नुहुने ग्राहकहरmका लागि अन्नपुर्ण केवल कारको टिकट निशुल्क उपलब्ध हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृतविवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।