बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकले भन्यो: औसत आधार दरलाई नियममितरुपमा प्रकाशन गर

मंगलबार, बैशाख २६ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुलाई आफ्नो औषत आधार दरलाई नियमितरुपमा प्रकाशन गर्न परिपत्र जारी गरेको छ । बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतको नाउँमा सोमबार परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

“आधार दर निर्धारण सम्बन्धी कार्यविधि, २०६९” बमोजिम मासिक रुपले आधार दर गणना गरी निर्देशन बमोजिमको ढाँचाको विवरण महिना समाप्त भएको सात दिनभित्र यस बैंकमा पेश गर्नु पर्ने छ । मासिक तथा पछिल्लो तीन महिनाको औसत आधार दरलाई आफ्नो वेबसाइटमा समेत प्रकाशित गर्नु पर्नेछ । कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ परिपत्रमा उल्लेख छ ।

उदाहरणका लागि कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा दुई प्रतिशत विन्दुले प्रिमियम थप गर्ने भएमा कर्जाको ब्याजदर बराबर आधार दर प्लस दुई प्रतिशत विन्दु कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाईने राष्ट्र बैंकको भनाई छ ।

कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्नेछ । तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा पर्नेछैन । यसरीे पछिल्लो महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुने सम्बन्धमा ऋणीलाई यााभच भिततभच मा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ । परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैकिङ सिस्टम मार्फत मार्पmत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनअनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नु पर्नेछ ।