शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आजबाट बजेट अधिवेशन सुरु

आइतबार, बैशाख २४ २०८०

काठमाडौं । आजबाट बजेट अधिवेशन सुरु हुने भएको छ ।

जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजआइतबार देखी सुरु हुदैँछ ।

पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आब्हान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ ।