शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज शपथ लिँदै, मन्त्रीको टुंगो अझै लागेन

शुक्रबार, बैशाख १५ २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको शपथ लिदैछन् ।

नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको शपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका शपथ हुनेछ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरुले शपथ लिन्छन कि लिन्नन् भन्ने अझै टुंगो भने लागेको छैन ।

यद्धपी, मुख्यमन्त्री गिरीले मन्त्रीहरुका आंकाक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरुसँग भने छलफल गरिरहेका छन् ।