शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रास्वपाद्वारा मतदातालाई धन्यवाद

बिहिबार, बैशाख १४ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा प्राप्त मत तथा सफलताका लागि आममतदाता, पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा सहयोगीलाई कृतज्ञता ज्ञापन गरेको छ ।

सो पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले बुधबार सूचना जारी गर्दै सफलतासँगै पार्टी निर्माण गर्र्दै राष्ट्र निर्माण गर्ने दायित्वबाट निष्क्रिय रहने छुट नरहेकाले जनमतले गरेको अपेक्षाअनुरुप निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र भित्रका पार्टी सदस्यहरुबाट खुला आवेदन मार्फत् निर्वाचन क्षेत्र समिति गठन गरी समितिमा रही काम गर्न चाहनेहरुका लागि यही वैशाख ३१ गतेसम्म आवेदन दिन स्मरणसमेत गराइएको छ ।