काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।
चितवन-२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै रास्वपाका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताए । तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनले बताए ।
‘साथै उनले सरकारमा जाने भन्ने विषयमा सम्भावना नभएको बताउँदै नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने बताए ।
सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने उनको भनाइ थियो ।