शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

मंगलबार, बैशाख १२ २०८०

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाईएको छ ।

मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजो देखि सुरु भएको हो ।

पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहे पछि आज पनि बैठक बोलाईएको हो ।

आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुदैँछ ।

सोमवार संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएकोले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको सांसद रामहरि खतिवडाले बताएका थिए ।

देउवाको भनाई उद्धृत गर्दै खतिवडाले भने, ‘पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने रु उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्तामा जोड दिनुभएको छ ।’