बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तनहुँ–१ मा २५ हजार मत गन्दा रास्वपाका वाग्लेलाई ५ हजार बढी मत

सोमबार, बैशाख ११ २०८०

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले ५ हजार भन्दा बढी मतले अग्रता कायम राखेका छन् ।

तनहुँ क्षेत्र नम्बर– १ उपनिर्वाचनको मतगणना आउने क्रम जारी रहँदा आफना मुख्य प्रतिस्पर्धी भन्दा वाग्ले ५ हजार मतले अगाडी परेका छन । अहिलेसम्म २५ हजार ३ सय ६९ मतगणना सकिएको छ ।

यसैगरी, जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार वाग्लेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत प्राप्त गरी पच्छ्याइ रहेका छन् ।

एमालेका सर्वेन्द्र खनालले ४ हजार २२० मत पाएका छन् । मतगणना जारी छ ।