बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बारा–२ मा ११ बजेदेखि मतगणना, मुख्य चार जनाबीच प्रतिस्पर्धा हुने आँकलन

सोमबार, बैशाख ११ २०८०

काठमाडौं । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ मा यस उपनिर्वाचनमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ  गठबन्धनबाट जसपाका उम्मेदवार उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल,रास्वापाका रमेश खरेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

सोमबार बिहानदेखि नै गणनास्थलमा नेता कार्यकर्ताको आवतजावत बढेको छ । साथै गणनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाको ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् । सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यससँगै तनहुँ १ मा भने मतगणना जारी छ । यहाँ रास्वपाका स्वर्णिम वाग्लेले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।