चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैसँग तालमेल नगरेको तथा एक्लै चुनाव लडेको बताएका छन् ।
चितवन–२ का उम्मेदवारसमेत रहेका लामिछानेले अन्य पार्टीसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने अफवाह फैलिएको भन्दै सो जानकारी गराएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलसँग तालमेल गरेको तथा समर्थन गरेको भन्ने हल्ला चलाईएको छ, यसमा कुनै सत्यता रहेको छैन,’ आइतवार बिहान फेसबुक लाइभमा बोल्दै लामिछानेले भने, ‘हामी तीनवटै निर्वाचन क्षेत्रमा एक्लै लडिरहेका छौं, हल्ला चलाउनेहरु पराजित मानशिकतामा पुगेका छन् ।’
‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन। बारा, तनहु र चितवन तिनै ठाउँमा भोट घण्टी लाई नै हो। ठुला पार्टीका ठुला नेता ज्यु, आफ्ना फेक न्युज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन्।’ उनले भनेका छन् ।
लामिछानेले पराजित मानसिकता बोकेकाहरुले अफवाह र हल्ला फैलाएको जनाउँदै कुनै पनि भ्रममा नपरी घन्टी चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।