शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उपनिर्वाचन

चितवन-२ का मुख्य तीन प्रतिस्पर्धी मध्ये एकले मात्र भोट हाल्न पाउने

आइतबार, बैशाख १० २०८०

चितवन । १० बैशाख चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्ये एकले मात्रै मतदान गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन । उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गरेका छैनन् ।

नेकपा एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा  रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेको तथा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन् ।

चितवन– २ मा लामिछाने, श्रेष्ठ र न्यौपानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।