बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज अन्तिम चुवावी सभा मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ : रवि लामिछाने

बिहिबार, बैशाख ७ २०८०

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको अन्तिम चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा गर्ने भएको छ ।

भरतपुर नगरपालिका १० स्थित गेष्ट हाउस चौरमा ३ बजे चुनावी सभा गर्न लागेको चितवन २ का उम्मेवार तथा रास्वपा सभापति रवि लामिछानेले बताएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राजनीतिक भिडन्त बारे आज चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउने बताएका छन् ।

लामिछानेले लेखेका छन्,  ‘आजको सभा विशेष छ। सारा राजनीतिक दल एकातिर, रास्वपा अर्का तिर। यो वारपारको राजनितीक भिडन्त बारे आज हामी तिनै भाईले चितवनका जनता मार्फत सिङ्गो देशलाई केही सुनाउनु छ। आजको तपाईंको उपस्तिथिले अर्थ राख्छ। आज चितवनमा खास मान्छेहरु पनि आउदैछ्न् । ३ बजे गेष्ट हाउस चौर।’