बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

उपेन्द्रलाई भोट माग्न गठबन्धनका शीर्ष नेताहरू आज बारा जाँदै

बिहिबार, बैशाख ७ २०८०

काठमाडौं । आज बारामा हुने चुनावी सभालाई सम्बोधन गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेता बारा जाँदैछन् ।

सत्ता गठबन्धनले यहि बैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेको छ ।

आज हुने सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उनलाई जिताउने उद्देश्यले आज सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न तनहुँ पुगेका थिए । उनीहरुले सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता गोविन्द भट्टराईको पक्षमा भोट मागेका थिए ।

यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।