काठमाडौं । प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन भएको छ ।
बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा संबैधानिक परिषदको बैठक बसेको हो ।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मा माथी महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढ्नेछ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।