बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ बैठकको सम्भावित कार्यसूची

मंगलबार, बैशाख ५ २०८०

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।