बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पश्चिम नवलपरासीमा चिनी तस्करी, दुई ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

सोमबार, चैत्र २७ २०७९

काठमाडौँ – पश्चिम नवलपरासीमा भन्सारकै मिलेमेतामा चिनी तस्करी भइरहेको खुलेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले चैत्र २६ गते नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाएको छ ।