आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्से राताम्मै : एकै दिन २८ अंकले घट्यो सुचक

आइतबार, चैत्र २६ २०७९

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से २८ दशमलव ३१ अंकले घटेर १८ सय ३८ दशमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव २४ अंकले घटेर तीन सय ४८ दशमलव ७९ अंकमा झरेको छ । दुई सय ६८ वटा कम्पनीहरुको २९ हजार दुई सय ३९ पटकको कारोबारमा ३८ लाख ४३ हजार सात सय १३ कित्ता सेयर कारोबार भएको छ । सो अनुसार कुल कारोबार रकम एक अर्ब १५ करोड ९४ लाख ४८ जार चार सय ११ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घट्दा नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव ११ अंकले घटेर ११ सय ८७ दशमलव ८१ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि २७ दशमलव ७३ अंकले घटेर १५ सय ४५ दशमलव ९४ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव ९० अंकले घटेर दुई हजार चार सय आठ दशमलव तीन अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ७९ दशमलव ९४ अंकले घटेर नौं हजार एक सय ९१ दशमलव २६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिञ्चोक दर्शन प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माछापुच्छ्रे बैंक डिवेञ्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।