बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साझा न्यूनतम कार्यक्रम

प्रचण्डले भने: १० दलको मात्र होइन बाकी पार्टीका नेताहरूको पनि यसमा दिमाग छ

बिहिबार, चैत्र २३ २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् ।

आज (बिहीबार) सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले आज सार्वजनिक भएको साझा न्यूनतम कार्यक्रममा अघिल्लो गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमको राम्रा पक्षहरू व्यवस्थित र परिमार्जित भएर समावेश भएको जिकिर गरे ।

कार्यक्रमको ड्राफ्ट पढेर बुद्धिजीवी र केही नेताहरूले समेत प्रशंसा गरेको भन्दै यसको कार्यान्वयन अहिलेको अवाश्यकता भएको बताए । साथै उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए ।

‘यो विकसित र परिमार्जन भएर आएको छ । १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्याक्रम हो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो ।’ उनले जनताले वर्तमान गठबन्धन र सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताए ।