बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बाँकी मन्त्री छान्न ललितपुरमा कांग्रेस भेला !

आइतबार, चैत्र १९ २०७९

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ । बैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर ललितपुरमा बस्ने जनाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने कांग्रेस स्रोतले बतायो ।

आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पठाउन बाँकी छ । गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्री मात्र पठाएको थियो ।