बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

मुगु केन्द्रबिन्दु भएर भूकम्प, सुदूरपश्चिमका विभिन्न जिल्लामा धक्का महसुस

शुक्रबार, चैत्र १० २०७९

काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।