बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षामा आबद्धता सुरु

बुधबार, चैत्र ८ २०७९

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई बुधबारबाट योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता हुनका लागि बाटो खुलेको छ ।

पेन्सनसहितको सुविधा पाउने गरी सामाजिक सुरक्षा कोषले  योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गराउन सुरु गरे पछि आबद्धताको बाटो खुलेको हो ।

आज आयोजित एक बिशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीका क्रममा इजरायलमा रहेकी मन्जु थपलियाका श्रीमान् गोपाल संग्रौलालाई सामाजिक सुरक्षाको परिचयपत्र दिएर बाटो खुल्ला गरेका हुन् ।
प्रधानमन्त्रीले परिचयपत्र बितरण गरेसँगै अब विदेशमा रहेका नेपाली कामदारले सामाजिक सुरक्षा कोषमा आबद्ध हुनको लागि आवेदन दिन पाउने बाटो खुल्ला भएको छ ।