बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राप्रपाले आज ७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउँदै

सोमबार, चैत्र ६ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

रासायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपाले किसानहरूका समस्याका बारेमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेगरी आज सबै जिल्लााका प्रजिअलाई भेट्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

‘नेपालको सरकार नेपाली किसानका लागि हुनुपर्छ’, ‘स्वदेशी उत्पादन वृद्धि गरौं– आयात प्रतिस्थापन गरि निर्यात बढाऔं’ भन्ने नारासहित ज्ञापनपत्र बुझाउन लागिएको श्रेष्ठले बताएका छन् ।