काठमाडौं – नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार एक दशमलव ८५ अंकले बढेर १९ सय ५३ दशमलव शुन्य छ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव १७ अंकले घटेर तीन सय ६८ दशमलव ३२ अंकमा झरेको छ । दुई सय ५५ वटा कम्पनीहरुको २६ हजार चार सय ७३ पटकको कारोबारमा ३३ लाख १८ हजार एक सय आठ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब १३ करोड ५९ लाख २५ हजार तीन सय ५७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले गुमाएका पनि आठ वटा समुहले भने कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ९४ अंकले घटेर १२ सय ६९ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने लघुवित्त, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने १२ दशमलव ८८ अंकले बढेर तीन हजार पाँच सय ८२ दशमलव ३८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ९७ अंकले बढेर २५ सय ५९ दशमलव ४५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ दशमलव ८८ अंकले बढेर नौं हजार सात सय ६३ दशमलव ६६ अंकमा पुग्दा फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी र अन्य समुहहरुको सुचक पनि बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया ब्यालेन्स फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।