बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कस्तो छ चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?

बुधबार, फाल्गुन १० २०७९

मुम्बई  । ग्यास सिलिन्डर लिक भएर आगलागीमा घाइते भई उपचारात नेपाली कांगेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ ।  

नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टीवायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

उनका अनुसार ५ लिटर अक्सीजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने पारामिटरहरु नर्मल रहेको छ । 

पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन् । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनि बोलाउनु भयो, यहाँ म संग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नुभयो,’ मुम्बईमा रहेका योगराज कडेँलले भने । 
 
गत बिहिवार शंखमुलस्थितमा निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।