काठमाडौं । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार भइरहेको नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ ।
भण्डारीको उपचारको नेतृत्व गरिरहेका डा मुकेश मिश्रालाई उदृत गर्दै अस्पतालमा रहेका योगराज कँडेलले जनाए अनुसार नेता भण्डारीको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उनीलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ।
शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साँझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ।
शनिबार दिउँसो उनको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ।
यस्तै, आजबाट पूर्ण रूपमा भेन्टिलेटरबाट हटाइने तयारी भइरहेको डा. मिश्रालाई उदृत गर्दै उनले बताए ।
भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो ।