बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

चित्रबहादुर केसीसहितको जनमाेर्चाको टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

शुक्रबार, फाल्गुन ५ २०७९

काठमाडौं  । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन–पत्र बुझाएको छ । 
 
शुक्रवार बिहान वालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले ज्ञापन पत्र बुझाएका हुन् । केसीको नेतृत्वमा गएको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाएको जनमोर्चाले जनाएको छ ।  

प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउन केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपानेलगायतको उपस्थिति थियो । ।