काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
अहिले दुई नेताबीच वार्ता जारी छ ।
भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ ।
यसअघि दुई नेता बीच ओली निवास बालकोटमा भेटघाट भएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता भेटवार्ता बाक्लिएको छ ।
सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ ।