बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ग्यास विस्फोटमा घाइते नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

बिहिबार, फाल्गुन ४ २०७९

काठमाडौं  ।  ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।
सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा हरिकला बुद्धनगर निवासमा गएराति १० बजेतिर खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ। 

नेता भण्डारीको अवस्था खतरामुक्त नभएको र आमाको अवस्था भने गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरीरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको छ । 

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।

बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएर ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको थियो । आमालाई जोगाउन जाँदा चन्द्रको शरीरमा पनि आगो सल्किएको पारिवारिक श्रोतले बताएको छ ।

भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।