बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उपत्यकाको सार्वजनिक सवारी बन्द फिर्ता, सवारी निर्बाध रूपमा चल्ने

मंगलबार, फाल्गुन २ २०७९

काठमाडौं  । यातायात मजदुरको आव्हानमा भएको आन्दोलन स्थगित भएको छ । 

आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दको कार्यक्रम समेत फिर्ता लिने समझदारी भएको छ ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफल पछि आन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ।