बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आन्दोलनरत यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

मंगलबार, फाल्गुन २ २०७९

काठमाडौं । सरकारले यातायात मजदुर र व्यवसायीसँग वार्ता शुरु गरेको छ ।

वार्ता सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुरु भएको हो । 

ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज वार्ताको लागि यातायात मजदुर र व्यवसायीहरुलाई मन्त्रालयमा बोलाएका थिए ।

सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गरेका थिए भने केही पसलमा लुटपाटसमेत भएको थियो ।

यातायात मजदुरले आज  सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।