काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ ।
यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । आज युवा जोडीहरु प्रेम साटासाटका लागि मनोरम स्थलमा घुमघाम गर्न जानेसमेत गर्दछन् । यसर्थ घुमघाम गर्न जानु अघि कस्तो रहला त आजको मौसम ?
हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव रहेको छैन।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उता, राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ ।
तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।