बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

संयन्त्रको बैठकपछि लिङदेनले भने : राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्ने

आइतबार, माघ २९ २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति निर्वाचनमा पूर्व सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्।

सत्ता गठबन्धन दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिँदै उपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले राष्ट्रपतिको विषयमा गठबन्धन दलहरूबीच कुनै पनि असमझदारी नभएको बताए । उनले यसअघि बाहिर आएको कुरा भ्रमपूर्ण रहेको प्रष्ट्याए ।

बैठकमा सरकारका कामकारवाहीको समीक्षा र गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको उनले बताए । उनले रास्वपालाई पनि चाडैँ नै सरकारमा सहभागिता गराउन कसरत गरिरहेको बताए । ‘चाँडै रास्वपका सरकारमा आउन पनि सक्छ । केही प्राविधिक विषयहरू मिलाउनुपर्नेछ,’ उनले भने ।
आगामी दिनमा गठबन्धनभित्रको छलफललाई निरन्तरता दिने सहमति भएको पनि उनले बताए ।