काडमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु मारमामा परेका छन् ।
ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखि सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भईरहेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको बिज्ञप्ति अनुसार आन्दोलनरत चिकित्सक सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।