शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विकेकशील साझाको प्रथम महाधिवेशनमा को-को पुगे अरु दलका नेता ?

शुक्रबार, माघ २७ २०७९

काठमाडौं  । बिकेकशील साझाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउत, नेकपा एकीकृत समाजवादीका घनश्याम भुषाल पुगेका छन ।

आज देखि काठमाडौंमा सुरु भएको महाधिवेसनको बक्तोका रुपमा सम्बोधन गर्न भट्टराई, राउत र भुषाल पुगेका हुन । 

साझा पार्टीका प्रथम महाधिवेसनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा ब्यक्त गरेका छन् ।

सो पार्टीका केन्द्रिय नेताहरु समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा ब्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेसन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार दिउँसो १ बजे सुरु महाधिवेशनको तयारी सम्पन्न भएको सो पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

महाधिवेसनको राजनीतिक दस्तावेजका लागि केशव दाहाल तथा प्रस्तावित बिद्यानका लागि रमेश पौडेलले प्रस्ताव पेश गर्ने पाण्डेले जानकारी दिए ।
 उनका अनुसार महाधिवेसन पछि विवेकशिल बहुपदीय प्रणालीमा जानेछ  । 

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।
 
शनिवारसम्म चल्ने महाधिवेसनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशन जारी छ।