काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रश्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाकी सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
कार्यकाल सकिएको करिब एक वर्षपछि मात्र राष्ट्रिय सभा उपाध्यक्ष पाएको छ ।
कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार उठाएको थिएन । उसले पनि माओवादी केन्द्रकी उम्मेदवार अर्याललाई समर्थन गरेको थियो ।