बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै

सोमबार, माघ २३ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ । तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन् ।

उनले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने समेत बताएका छन् । गृहमन्त्रालय सहित सरकारमा फिर्ता हुने लामिछानेको प्रयास असफल भएपछि यस्तो निर्णय लिइएको हो ।

यद्यपि, लामिछानेले बाहिर देखिएजस्तो नभएको बताएका छन् । खुलस्त पार्ने भन्दै पत्रकार सम्मेलन गरिरहेका छन् ।