बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश हरि फुयालको इजलासमा

शुक्रबार, माघ २० २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपबिरुद्ध महान्यायाधिवक्ता कार्यालयले निवेदन दिएको थियो । 

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । २९ पुसमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

उनी आजदेखि हुने बन्द प्रशिक्षणमा समेत सामेल हुने भएका छन् ।