काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।
मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच शुक्रबार बिहान काठमाडौंको एक होटलमा भेटवार्ता भइरहेको छ ।
मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन् । तीन दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आइपुगेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।