बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विशेष चेकिङ्गको क्रममा दुई सय ७० जना कारवाहीमा

बुधबार, पुष ६ २०७९

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज मंगलबार बिहान गरिएको विशेष चेकिङ्गको क्रममा दुई ७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको जानकारी दिएको छ । विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् ।

जसमा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने चार जना, नम्बर प्लेट स्पष्ट नभएको एक जना , लापरवाहीको साथ सवारी चलाउने एक जना र अन्य कसुरमा चार जना स्कुल बसका चालकलाई कारवाही ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सोही चेकिङ्ग कै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य दुई सय ५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरिएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवंम् प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।