दुई वटा समुहको सुचक बढ्दा ११ वटा समुहको सुुचक घट्यो
काठमाडौं, अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक तथा कारोबार रकम आज बिहिबार भने घटेको छ । नेप्से आज १६ दशमलव १४ अंकले घटेर १९ सय २२ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव पाँच अंकले घटेर तीन सय ७९ दशमलव ४३ अंकमा पुगेको छ । आज दुई सय २० वटा कम्पनीहरुको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम ८९ करोड ८९ लाख सात हजार आठ सय ३० रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंंदा निर्जिवन बीमा समुहको सुचक शुन्य दशमलव ६२ अंकले बढेको छ भने जीवन बीमा समुहको सुुचक पनि एक दशमलव चार अंकले बढेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ३६ अंकले घटेर १३ सय ५६ दशमलव ८८ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ६५ अंकले घटेर १९ सय ९० दशमलव ५६ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।