कारोबार रकम एक अर्ब ४६ करोड रुपैंयाँ पुग्यो
काठमाडौं, नेप्से बढेको छ । अघिल्लो दिन ५६ अंकले बढेको नेप्से आज बुधबार पनि सात दशमलव ३२ अंकले बढेर १९ सय ३८ दशमलव ३० अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ७९ अंकले बढेर तीन सय ८२ दशमलव ९४ अंकमा चढेको छ । दुई सय २७ वटा कम्पनीहरुको २९ हजार ४७ पटकको कारोबारमा ४३ लाख ४६ हजार सात सय आठ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ६१ अंकले घटेर १३ सय ६८ दशमलव २४ अंकमा पुगेको छ भने निर्जिवन बीमा र ट्रेडिङ्ग समुहको सुुचक पनि घटेका छन् । यि बाहेक बिकास बैंक समुहको सुचक भने ३३ दशमलव ६७ अंकले बढेर तीन हजार चार सय ८७ दशमलव १९ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ५८ अंकले बढेर दुई हजार १७ दशमलव ९२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुुचक पनि ५५ दशमलव १३ अंकले बढेर आठ हजार नौं सय ३८ दशमलव ५७ अंकमा पुग्दा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचक बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्णाली डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सबैको लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।