बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेप्सेमा उच्च बृद्धि :

मंगलबार, कार्तिक १५ २०७९

एकैदिन एक अर्ब २९ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं, नेप्से उच्च अंकले बढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से ५६ दशमलव ११ अंकले बढेर १९ सय ३० दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि ११ दशमलव २८ अंकले बढेर तीन सय ८२ दशमलव १४ अंकमा पुगेको छ । आज दुई सय ३१ वटा कम्पनीहरुको २७ हजार नौं सय ३२ पटकको कारोबारमा ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम एक अर्ब २९ करोड छ लाख ६४ हजार छ सय ४२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव ५४ अंकले बढेर १३ सय ७० दशमलव ८५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ८३ दशमलव ७३ अंकले बढेर दुई हजार एक दशमलव २५ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८२ दशमलव ३४ अंकले बढेर सात हजार सात सय दुई दशमलव ६७ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि एक सय ७३ दशमलव ३८ अंकले बढेर आठ हजार आठ सय ८१ दशमलव ९५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, ट्रेडिङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेका छन् । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनसीसी बैंक ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा परेको एनआईसी एशिया बैंक परेको छ ।