बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित योजना,  २५ प्रतिशतसम्मको नगद फिर्ता

मंगलबार, कार्तिक १ २०७९

काठमाडौँ – बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार  गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

बैंकका अनुसार यो नगद फिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगद फिर्ता पाउने छन् । उक्त नगदफिर्ता योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैंयाँसम्मको नगद फिर्ता पाउने छन् । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ । 

बैंकले ग्राहकहरु तथा शेयरधनीहरुको उच्चतम् लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरु तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २० दशमलव ९५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले प्रास्तव गरेको उच्चतम् लाभाशंले ग्राहकहरु तथा शेयरधनीहरुको हितलाई बैंकले सधै आत्मसात गरी कार्यसम्पादन गरिरहेको अझै पुष्टि भएको छ ।  

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।